१४ माघ २०७८ शुक्रबार

लाइसेन्स छपाइ सुस्त : २ महिनामा बल्ल १ लाख १२ हजार थान

काठमाडौँ

४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सम्झौता गरिए पनि दुई महिनामा बल्ल एक लाख १२ हजार थान लाइसेन्स छपाइ गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार छाप्न सुरु गरेको ४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सम्झौता थियो । लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा ढिलाइ भएको जनाएको छ । कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको दावी गर्नुभयो ।

छपाइएका लाइसेन्स सोमबारबाट वितरण गरिने विभागले जनाएको छ । अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । हाल दैनिक आठ देखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ ।
गोरखापत्रबाट

प्रकाशित: १६ मंसिर २०७५ ०८:२३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी