१४ माघ २०७८ शुक्रबार

0 Shares

काभ्रेस्थली कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा

काभ्रेस्थली कृषि सहकारी संस्थाको ५अाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका वडा नं २ स्थित यो सहकारीको साधारणसभा शिक्षा प्रेमी तीर्थप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सहकारीको शेयर पुँजी ५० लाख रुपैयाँ रहेको छ भने। संस्थामा ६ सय शेयर सदस्य छन्। नेपाल सरकार युवा तथा स्वरोजगार साना व्यवसायी कर्जाको ५० लाख कृषकहरुमा सहुलियत लगानी समेत गरेको संस्थाले हालसम्म १ सय ५० कृषक महिलाहरुमा बाख्राका पाठा वितरण गरेको छ।

सहकारीले सिलाई तालिम तथा मेसिन वितरण, हाते ट्रयाक्टर वितरण, कृषि मल बिउ विजन साथै पशु स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित: ११ कात्तिक २०७५ १५:२२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी