देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
संवैधानिक परिषदको बैठक स्थगित भएको छ। भावी प्रधानन्यायाधीश सिफारिस गर्ने र ८ आयोगका विषय निर्णय गर्ने एजेन्डासहित बोलाइएको बैठक विषय प्रवेश गरेलगत्तै स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए। देउवा बाहिरिएपछि बैठक स्थगित भएको हो ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु भएको छ । निर्मलाको न्यायका निम्ति निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो ।
पाल्पा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन् । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गरे ।
सरकारले एकपछि अर्को गलत कदम चाल्न थालेपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना तिब्ररुपमा भैरहेको छ। कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन चासो देखाउनुको सट्टा घटना दबाउन खोजिएको भन्दै चर्को बिरोध भैरहेको हो । सरकारको पछिल्लो विविध कदमहरु प्रतिपक्षी र बिरोधीहरुलाई मसला नै बन्न थालेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा साहित्यकार प्रदिप नेपालले नेकपा नै नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पछिल्लो समय विभिन्न कारणले चर्चामा आईरहेका नेकपा दुई नेतामाथि नेपालले गम्भीर आरोप लगाएका हुन् । साहित्यकार समेत रहेका नेता नेपालले नेकपा नेता बामदेव गौतम र प्रदेश ३ का निलम्बित मन्त्री केशव स्थापितमाथि भ्रष्टाचारीको आरोप लगाएका हुन् ।
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।
प्रतिक्रिया