१९ मंसिर २०७८ आइतबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा राजपामा अन्योल

काठमाडौँ

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्न नसक्दा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अलमलमा परेको छ । दीपावली, छठ पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले अब के गर्ने भन्ने निर्णय अझै गर्न सकेको छैन ।

सरकारलाई दिएको समर्थन, आन्तरिक विवाद समाधान, महाधिवेशन, संगठन निर्माण लगायतका विषयमा निर्णय गर्न गत शुक्रबार बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भयो ।

राजपा नेपालले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संविधान संशोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर छठ पर्वपछि आन्दोलन थाल्ने चेतावनी दिएको थियो । राजपा नेपालले उठाउँदै आएको माग सम्बोधन नभए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने निर्णय अझै हुन सकेको छैन ।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । यसअघि पनि यस्तैखालको चेतावनी राजपा नेपालले दिँदै आएको थियो । ‘अब यो सरकारलाई दिएको समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन,’ सहअध्यक्ष कर्णले भने, ‘पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

आफूहरूले सरकारमा जानका लागि समर्थन नगरेको बताउँदै उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ता हुने सर्तसहित सरकारलाई समर्थन गरेको बताए । तर सरकारले अहिलेसम्म आफूहरूसँग छलफलसमेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उनले दिए ।
राजधानीबाट

प्रकाशित: १९ मंसिर २०७५ ०८:२७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी