२० मंसिर २०७८ सोमबार

0 Shares

तिहारलाई ४ लाख फूल भारतबाट आयात गरिँदै

फूलहरुको पर्व मानिने तिहारमा यस बर्ष गत बर्षको तुलनामा कम मात्रामा फूल आयात गरिने भएको छ । गत बर्ष ३० प्रतिशत फूल आयात गरिएकोमा यस बर्ष २० प्रतिशत मात्रै फूल आयात गर्न लागिएको हो ।

पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाए अनुसार यस बर्ष तिहारलाई लक्षित गरेर ४ लाख ४० हजार रुपैँयाभन्दा बढीको फूल आयात हुने भएको छ । यी फूलहरु छिमेकी मुलुक भारतको कलकत्ताबाट आयात गरिने एशोसिएसनका उपाध्यक्ष मिन बहादुर तामाङले केन्द्रविन्दुलाई जानकारी दिए ।

एशोसिएसनको अनुसार गत आर्थिक वर्ष तिहारमा १७ लाख सयपत्री फूल खपत भएको थियो भने जसमा तिहारको लागि मात्र ३० प्रतिशत भारतबाट आयात भएको थियो । पुष्प ब्यवसायमा नेपालीहरुको आकर्षण बढेको र यस बर्ष राम्रो उत्पादन भएकाले कम मात्रामा फूल आयात गर्न लागिएको तामाङले बताए । “यस बर्ष मौसमले साथ दिएकाले नेपालमा पूmलको उत्पादन बढेका छन त्यसैले आयात कम मात्रामा गर्न लागिएको हो ।” उनले भने ।

नेपालको सन्दर्भमा एउटा सिजनमा मात्र सयपत्री फूलको खेती लगाउने गरिएकोले एकै पटक उत्पादन नहुने हुदाँ भारतबाट आयात गर्नुपर्ने उनले बताए । यस्तै भारतको तुलनामा उत्पादन लागत नेपालमा बढी हुने र तिहारको समय माग ह्वात्तै बढ्ने भएकोले भारतसँग निर्भर हुनु परेको उनको तर्क छ ।

‘भारतबाट आयात भएको फूलको आकार र आकृति एकै प्रकारको हुन्छ । नेपाली बजारमा उपभोक्ताहरुले त्यही प्रकारको फूल बढी माग हुने गर्छ ।’ उनले भने । भारतबाट आयात भएको फूलको मूल्य पनि नेपाली उत्पादन भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने तामाङ बताउँछन् ।

नेपालको धादिङ्ग, चितवन, मकवानपुर, झापा, काभ्रे, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर जस्ता जिल्लाबाट उत्पादन भएर ८० प्रतिशत आन्तरिक आयात हुने गरेको छ ।

प्रकाशित: ११ कात्तिक २०७५ १३:२२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी