काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई कारवाही गर्ने चेतावनी दिएको छ । "/>

निर्मलाका हत्यारालाई कारवाही गर्ने विप्लवका प्रवक्ताको चेतावनी

निर्मलाका हत्यारालाई कारवाही गर्ने विप्लवका प्रवक्ताको चेतावनी


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई कारवाही गर्ने चेतावनी दिएको छ । लामो समयसम्म पनि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय नपाईरहँदा नेकपाले भने आफुहरुले कारवाही गर्ने चेतावनी दिएको हो ।

भृकुटीमण्डपमा शनिबार आयोजित जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाका हत्यारालाई राज्यले कारवाही नसकेकोमा असन्तुष्टि जनाउँदै अब आफुहरुले कारवाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘निर्मलाको हत्यारालाई राज्यले अहिलेसम्म पत्ता लगाउँन सकेको छैन् । अब हामी खोजेर कारबाही गर्छौं ।’ उनले निर्मलाको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने बताए ।

Logo