काठमाडौं । शिक्षा क्षेत्रको सुधारको माग राख्दै आन्दोलनरत शिक्षकहरुले देशभरका सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरुले विरोध प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन् । "/>

देशभरका शिक्षकहरुले घेरे सामाजिक विकास मन्त्रालय

देशभरका शिक्षकहरुले घेरे सामाजिक विकास मन्त्रालय


काठमाडौं । शिक्षा क्षेत्रको सुधारको माग राख्दै आन्दोलनरत शिक्षकहरुले देशभरका सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरुले विरोध प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन् ।

उनीहरुले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा घेराउ गरेका हुन् । विभिन्न २६ सुत्रीयमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउँदै मागहरु पुरा नभएको भन्दै सामाजिक मन्त्रालय घेराउ गरेका हुन् । उनीहरु विभिन्न प्ले कार्ड बोकेर मन्त्रालय पुगेका थिए ।

उनीहरुले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय रहेका जिल्लामा सरकारी विद्यालय समेत बन्द गराएका छन् । ति जिल्लाहरुमा विद्यालय पुगेका विद्यार्थीहरु घर फर्काएर शिक्षकहरु आन्दोलनमा होमिएका हुन् ।

महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तिमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छन् ।

तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुलाई स्याथी गरिनुपर्ने उनीहरुको माग छ ।

Logo