एजेन्सी । भारतमा छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै आफ्नो लिंग काटेका छन् । नेपालमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने आवाज चर्को रुपमा उठिरहेका बेला छोरी बलात्कार गरेका अभियोगमा जेल परेका अभियुक्तले आफ्नै लिंग काटेका हुन् । "/>

छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै लिंग काटे

छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै लिंग काटे


एजेन्सी । भारतमा छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै आफ्नो लिंग काटेका छन् । नेपालमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने आवाज चर्को रुपमा उठिरहेका बेला छोरी बलात्कार गरेका अभियोगमा जेल परेका अभियुक्तले आफ्नै लिंग काटेका हुन् ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग काटेर अलग गरेका हुन् ।

कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका हुन् । लिंग अलग गरेका उनको उपचार भईरहेको छ । डाक्टरहरुले उनको छिनेको लिंग जोड्न सफल भएका छन् ।

गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग उनी पक्राउ परेका थिए । उनले अहिलेसम्म पनि उक्त आरोप स्वीकार गरेका छैनन् । उनलाई अदालतले जमानतमा छाड्ने आदेश दिएको थियो । तर, जमानतको शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

Logo