1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

जनकपुरको कुर्था सम्म आइपुग्यो रेल

1
1
1
1
1
1
1
1

काठमाडौँ

भारतको जयनगरबाट छुटेको रेल शनिबार जनकपुरको कुर्था सम्म आइपुगेको छ । आगामी डिसेम्बरमा जनकपुरसम्म रेल ल्याउने सरकारको योजना अन्तर्गत जनकपुरको कुर्था सम्म रेल ल्याइएको हो । जनकपुर देखि कुर्था सम्मको दूरी ३५ किलोमिटर छ ।

सो खण्डको रेलमार्ग निर्माण तथा परीक्षण सम्पन्न भइसकेकाले शनिबार कुर्था सम्म रेल ल्याइएको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए । ‘जनकपुर–कुर्थासम्मको ट्र्याक बनिसकेकाले कुर्थासम्म रेल ल्याइएको हो,’ उनले भने । आगामी डिसेम्बर सम्म जनकपुरसम्म रेल आउने विभागको भनाइ छ । सरकारले ७० किलोमिटर लामो जयनगर–जनकपुर–बर्दिबाससम्मको रेलमार्ग मध्ये ३५ किलोमिटर मार्गको निर्माण सकेको हो ।

शनिबार ५३ वटा बग्गी कुर्थासम्म आइपुगेको प्रवक्ता चित्रकारले बताए । सो खण्डमा असोजभित्रै रेल सञ्चालन गर्ने योजना भए पनि निर्माण कार्य पूरा नभएकाले रेल सञ्चालन हुन सकेको थिएन ।

सरकारले जयनगर–कुर्थासम्मको निर्माण कार्य सकेकाले सो खण्डमा कुर्थासम्म रेलको डिब्बा ल्याएको हो । प्रवक्ता चित्रकारका अनुसार जनकपुरको कुर्थासम्म रेल आए पनि तत्काल सर्वसाधारणले भने चढ्न पाउने छैनन् । आगामी डिसेम्बरपछि मात्रै सर्वसाधारणले रेल चढ्न पाउने उनले बताए । अहिले भने मालवाहक रेल मात्रै सञ्चालन हुनेछ ।

यसअघि जयनगरदेखि खजुरीसम्मको साढे ८ किलोमिटर खण्डको परीक्षण सुरु गरिएको थियो । त्यस्तै रक्सौल हुँदै वीरगन्ज र काठमाडौं जोड्ने १३० किलोमिटर रेलमार्गको प्रारम्भिक अध्ययन पनि सुरु गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।
राजधानीबाट

प्रकाशित: ११ कात्तिक २०७५ ०८:२२ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी