श्रृखंला खतिवडा ईतिहास रच्ने दाउमा, मिस वर्ल्डको उपाधि नजिक

श्रृखंला खतिवडा ईतिहास रच्ने दाउमा, मिस वर्ल्डको उपाधि नजिक


‘मिस नेपाल वल्र्ड–२०१८’ श्रृखंला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डको लागि तयारीमा छिन् । यतिबेला उनी भोटिङमा उत्कृष्ट ३२ मा प्रवेश गरेकी छन् । यसको फाईनल चीनको सान्यामा डिसेम्बर ८ मा हुनेछ । जसमा १ सय २१ देशका सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन् ।

श्रृखंलाले मल्टिमिडिया अवार्ड जित्ने सम्भावना बलियो छ । विश्वको ११८ जना सुन्दरीहरुलाई पछि पार्दै मल्टिमिडिया अवार्डको लागि भोटिङमा श्रृखंला अग्रपक्तिमा छिन् । उनलाई नेपालबाटमात्र नभएर अन्य देशहरुबाट पनि भोट आइरहेको छ ।

यदि श्रृंखलाले मल्टिमिडिया अर्वाड जितिन् भने सिधैं क्वाटरफाइनलमा प्रवेश गर्नेछिन् । यसको अर्थ उनी टप ३० मा प्रवेश गर्नेछिन् । अहिलेको ‘६८ औ मिस वल्र्ड प्रतियोगिता’ मा नेपालले पहिले देखि नै सहभागी जनाउँदै आएपनि यस्तो सफलता कसैले पाउन सकेको थिएन ।

फ्रान्सको माइभा कोउके टप मोडलको प्रतिष्पर्धा जितेर क्वाटरफाइनलमा प्रवेश गरिसकेकी छिन् । मल्टिमिडियामा अर्वाडमा श्रृंखलालाई जिताउनको लागि २८ नोभेम्बरसम्म भोटिङ खुल्ला हुनेछ ।

को हुन श्रृखंला ?

‘मिस वल्र्ड २०१८’ को उपाधी जित्ने बलियो सम्भावना बोकेकी श्रृखंला रातनीतिक माहोलमा हुर्केकी हुन् । उनको बुवा राजनीतिमा आवद्ध छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित तत्कालिन एमाले सासंद विरोध खतिवडाकी छोरी हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल पनि तत्कालिन एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

श्रृंखलाले एसएलसी लेभल हेटौडा एकेडेमीबाट नै दिइन् । उनी इन्जिनियरिङको उत्कृष्ट विधार्थी समेत हुन् । उनी कलेज टपर समेत रहेकी छिन् उनले पुलचोक इन्जिनियरिङ क्यापसबाट आर्किटेक्ट अध्ययन गरेकी हुन् । उनलाई सानै देखि व्युटी प्याजेन्टहरुमा कुनै रुची नभएपनि अरुले ताज पहिरेको देखेर आफूलाई पनि रहर लागेकोले मिस नेपालमा भाग लिएको बताउँछिन् ।

५ फिट ७ इञ्च अग्ली श्रृंखला मिस नेपाल प्रतियोगितामा प्रमुख जज गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपाली हुनको लागि तीन वटा काम के गर्नुपर्ला भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदैं खतिवडाले मिस नेपाल २०१८ को उपाधि जितेकी थिइन् । उनलाई लेखनमा समेत रूचि रहेको छ । पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ ।

कसरी गर्ने श्रृखंलालाई भोट ?
१) तपाईको मोबाइलमा ‘MOBSTAR‘ एप डाउनलोड गर्नुहोस् ।
२) ‘MOBSTAR’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगल मार्फत लगईन गर्नुहोस् ।
३) आइओएस प्रयोगकर्ताहरुले ‘SRINKHALA KHATIWODA‘ लेखेर सामाजिक सञ्जालमा सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइले ‘SRINKHALA’ लेखेको एउटा प्रोफइल देख्नु हुन्छ । त्यसपछि त्यहाँ निलो टिक देख्नु हुनेछ । त्यहाँ गएर तपाईले श्रृंखलालाई फलो गर्नुपर्ने हुन्छ ।
४) उनको पोष्टहरुमा दायाँ र बायाँ स्वाइप गर्नुहोस । त्यति गरेपछि ‘Yes’ देखाउँछ । त्यसपछि मात्र त्यो भोटको रुपमा गणना हुनेछ । नयाँ अपडेटहरुको लागि भने उनको प्रोफाइल दैनिक हेर्नपर्ने हुन्छ ।
५) साथै उनको हरेक पोष्टहरुमा कमेन्ट गर्नुपर्ने हुन्छ । फेयर कमेन्टहरु मात्रै गणना गरिनेछ ।

विश्व सुन्दरीको उपाधी नजिक श्रृखंला खतिवडा (भिडियो रिपोर्ट)


#Video via Youtube

Logo