नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउत पछिल्लो समय निकै जमेका जोडी हुन्। यी जोडीको प्रेम छचल्किएको म्युजिक भिडियो सार्वजनिक भएको छ।
टेकेन्द्र शाह र मेलिना राइको स्वरमा रहेको म्युजिक भिडियो ‘लौ गोरी’मा आकाश र बर्षाले गजबको प्रेम दर्शाएका छन् । एट के एभरेष्ट मोसन पिक्चर्सले बजारमा ल्याएको म्युजिक भिडियो मनोज बस्नेतले निर्माण गरेको हो। म्युजिक भिडियोको निर्देशक हुन् राजिब समर।
राम कुमार केसीले छायांकन गरेको यो म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
प्रकाशित: २२ मंसिर २०७५ १४:३९ शनिबार