२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

काभ्रेको मण्डनदेउपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

1
1
1
1

मण्डनदेउपुर , काभ्रे

काभ्रेको मण्डनदेउपुर नपा ६ ढकालथोकमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

आज बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मण्डनदेउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको घटनास्थलमै र नेपाल प्रहरीका बहालवाला डिआइजी शुशिल भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा आजै भएको अर्को दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ वर्षकी रञ्जना गौतम रहेको प्रहरीले जनाएको छ । सो घटनामा मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो । उनीहरु बनेपा अस्पतालबाट तिनपिप्ले स्थित घर फर्कदै थिए ।

 

प्रकाशित: १० कात्तिक २०७५ १८:३२ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी