मेसीको हातमा एकैसाथ् दुई अवार्ड

मेसीको हातमा एकैसाथ् दुई अवार्ड


स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेसीले एकैसाथ् दुई ओटा अवार्ड हात पारेका छन्। उनले सिजन २०१७/१८ को सर्वाधिक गोलकर्ता र वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । मेसीलाई ला लिगाको पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड एकसाथ प्रदान गरिएको हो ।

यस वर्ष मेस्सीले पिचिची र वर्ष खेलाडीको गरी दुवै अवार्ड जितेका हुन् । गत वर्ष बार्सिलोनालाई ला लिगाको उपाधि जिताउने क्रममा मेस्सीले सिजनभरमा ३४ गोल गरेका थिए । अघिल्लो सिजन उनले ३७ गोल गरेका थिए । गएको जिन मेस्सीले ला लिगामा कूल ३६ खेल खेल्दै ३४ गोल गरेका थिए । 

हालसम्म मेस्सीले पिचिची अवार्ड कूल ५ पटक जितेका छन् । रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ३ पटक जितेका छन् । मेस्सीले पछिल्ला ३ सिजन यो अवार्ड लगातार जितेका छन् । २०१५/१६ मा यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए । 

यो सिजन मेस्सीले ला लिगामा १० खेलबाट कूल ९ गोल गरिसकेका छन् ।

Logo