११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

सवारी लाइसेन्सको नयाँ आवेदन छठपछि मात्रै खुल्ने

1
1
1
1

काठमाडौँ

दशैं अघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ ।

लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरू मध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै जाने गरेको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय भन्नुहुन्छ ‘अहिले नयाँ आवेदन देशभर लिइएको छैन, पुरानो बाँकी रहेको र रिट्रायलको काम भइरहेको छ । यो बीचमा सबै काम सकिन्छ, छठपछि नयाँ आवेदन खुला हुन्छ ।’ नयाँ आवेदनका लागि विभागले अनलाइनबाटै फाराम लिदै आएको छ ।
गोरखापत्रबाट

प्रकाशित: १० कात्तिक २०७५ ०८:०९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी