काठमाडौँ

नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्ट मध्ये ७९ औं स्थानमा परेको छ । "/>

विश्वका शक्तिशाली पासपोर्ट मध्ये नेपाली पासपोर्ट ७९ औं स्थानमा

विश्वका शक्तिशाली पासपोर्ट मध्ये नेपाली पासपोर्ट ७९ औं स्थानमा


काठमाडौँ

नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्ट मध्ये ७९ औं स्थानमा परेको छ । ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो । नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको छ ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा–फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ । यस अनुसार सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली रहेको रिपोर्टले देखाएको छ । नेपालसँगै अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युरोपेली मुलुक कोसोभो पनि ७९ स्थानमा रहेका छन् । नेपाली पासपोर्टको श्रेणी सबैभन्दा कमजोर अवस्थाको पासपोर्ट रहेको अफगानिस्तान भन्दा ११ स्थानले मात्र माथि हो । ९० औं स्थानमा रहेको अफगानिस्तानी पासपोर्टधारीले ५ मुलुकमा भिसाबिनै प्रवेश पाउँछन् भने २६ मुलुकमा आगमन भिसा पाउँछन् । १६७ मुलुकमा भिसा आवेदन दिएर प्राप्त गरेपछि मात्र प्रवेश अनुमति पाउन सक्छन् ।

दक्षिण एसियाली मुलुक पाकिस्तान ८९ औं स्थानमा रहेको छ । बंगलादेश ८२, श्रीलंका ८०, भुटान ६८, भारत ६५, मालदिभ्स ५० औं स्थानमा परेका छन् । छिमेकी मुलुक चीन ५५ औं स्थानमा छ । भारतले गत वर्षको तुलनामा आठ स्थान फड्को मारेको छ ।
नागरिकबाट

Logo