पोखरा रंगशालमा जारी पोखरा प्रिमियर लिग (पीपीएल)  अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर टाइटन्सलाई काठमाडौं रोयल्सले पराजित  गरेको छ । "/>

पीपीएल: सन्दीप लामिछानेको लगातार तेश्रो हार, अब अरुको भर

पीपीएल: सन्दीप लामिछानेको लगातार तेश्रो हार, अब अरुको भर


पोखरा रंगशालमा जारी पोखरा प्रिमियर लिग (पीपीएल)  अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर टाइटन्सलाई काठमाडौं रोयल्सले पराजित  गरेको छ । विराटनगरलाई ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले ५ विकेटले पराजित गरेको हो। 

विराटनगरको एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले चार बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो। काठमाडौंका गौरव तोमरले ६६, अमित श्रेष्ठले ३५ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए। विराटनगरका सहाब अालामले २ तथा किशोर महतो, सन्दीप लामिछाने र जितेन्द्र मुखियाले १-१ विकेट लिए।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सको यो लगातार तेस्रो हार हो । यसअघि विराटनगर घरेलु टोली पोखरा पल्टन र धनगढी ब्लुजसँग पराजित भएको थियो। प्रतियोगितामा रहिरहन अब उसले अरुको भर पर्नु भएको छ। यसका साथै अब उसले बाँकी दुई खेल जसरी पनि जित्नु पर्नेछ।  

 

आजै हुने दोस्रो खेलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन टाइगर्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । एक खेल खेलेको चितवनले हार व्यहोरेको थियो भने २ खेल खेलेको पोखरा पल्टनले एक खेलमा हार र एक खेलमा जित निकालेको छ ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo