नेपालमा ५८ प्रतिशतले बढ्यो भ्रष्टाचार, प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी

नेपालमा ५८ प्रतिशतले बढ्यो भ्रष्टाचार, प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी


काठमाडौं ।

पछिल्लो सर्वेक्षणले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सफरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ग्लोबल करप्सन ब्यारोमिटर जीसीबी एसिया सर्वेक्षणले नेपालमा भ्रष्टाचार बढेको र यसबाट जनता आजित बनेको देखाएको हो ।

पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकाहरुमाथि गरिएको सर्वेक्षणमा सहभागीमध्ये बहुमत नेपालीले भ्रष्टाचार बढेको बताएको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको हो । अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार भएको बताएका छन् ।

त्यस्तै, पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएका मध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घूस दिएको तथा २९ प्रतिशतले आफ्नो ब्यक्तिगत पहुँचको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, १३ प्रतिशतलाई मतको सट्टा घूसको प्रस्ताव गरिएको बताएका छन् भने ७ प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारमा परेको बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये प्रधानमन्त्री र राष्ट्रपति तथा उनीहरुको कार्यालयका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न रहेको मान्छन् । जसमध्ये २६ प्रतिशत अधिकांश प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न भएको बताएका छन् । जसमध्ये नेपालमा ५० प्रतिशतले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको संलग्नता रहेको बताउँदा ३ प्रतिशतले थाहा नभएको र ४७ प्रतिशतले केही र वा कोही नभएको बताएका छन् । त्यस्तै, नेपालका ४३ प्रतिशतले अधिकांश वा सबै सांसद भ्रष्ट रहेको बताएका छन् भने ५४ प्रतिशतले केही भ्रष्ट रहेको बताएका छन् ।

त्यस्तै, ४० प्रतिशतले स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु भ्रष्ट रहेको बताएका छन् भने ५८ प्रतिशतले केही जनप्रतिनिधि भ्रष्ट रहेको बताउँदा ३ प्रतिशतले मात्र थाहा नभएको बताएका छन् । ५५ प्रतिशत नेपालीले केही सरकारी कर्मचारी भ्रष्टाचारमा संलग्न भएको तथा ४३ प्रतिशतले सबै कर्मचारी भ्रष्ट रहेको बताएका छन् ।

त्यस्तै, २८ प्रतिशतले अधिकांश प्रहरी भ्रष्ट रहेको बताउँदा २४ प्रतिशतले अधिकांश न्यायाधीशसमेत भ्रष्टाचारमा संलग्न रहेको बताएका छन् । एसियाका १६ देश मध्ये नेपालमा सबैभन्दा धेरैले भ्रष्टाचार बढेको बताएका छन् । रिपोर्ट अनुसार नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१९ को करप्सन पर्सेप्सन इन्डेक्समा १८० देशमध्ये नेपाल ११३ औं स्थानमा छ । नेपालले १०० मा ३४ मात्र अंक पाएको छ ।

Logo