काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएनन् । "/>

प्रधानमन्त्री ओलीलाई स्वास्थ्य समस्या

प्रधानमन्त्री ओलीलाई स्वास्थ्य समस्या


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएनन् । पाहुनाहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतले स्वागत गरेका थिए ।

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । आयोजकले प्रधानमन्त्री ओली तीन बजे कार्यक्रमस्थल पुग्ने जानकारी दिएका थिए ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले शनिवार राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । अपराह्न १२ बजे देखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो । चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको थियो ।
राजधानीबाट

Logo