एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको घरमा हुलाक मार्फत विष्फोटक पदार्थ पठाईएको छ । पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन, सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा तथा उच्च व्यक्तित्वहरुको घरमा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको हो । "/>

जब हुलाकमार्फत ओबामा र क्लिन्टनको घरमा विष्फोटक पदार्थ पठाईयो

जब हुलाकमार्फत ओबामा र क्लिन्टनको घरमा विष्फोटक पदार्थ पठाईयो


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको घरमा हुलाक मार्फत विष्फोटक पदार्थ पठाईएको छ । पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन, सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा तथा उच्च व्यक्तित्वहरुको घरमा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको हो । तर प्रहरीले ओवामा र क्लिन्टनको घरमा पुग्नु अगावै विष्फोटक पदार्थ नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ ।

२३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट भने भएनन् । तर ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा पनि विस्फोटक पदार्थ पुर्‍याइएपछि टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको थियो । अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो ।

 

Logo