इटहरी

सोमबार राति ७:४५ बजेतिर सुनसरी दुहवीको सोनापुरका गाउँलेले प्रहरीलाई बिरामी भेटिएको सूचना दिए । "/>

एसिड प्रहारबाट सिकिस्त किशोरको प्रहरीद्वारा उद्दार

एसिड प्रहारबाट सिकिस्त किशोरको प्रहरीद्वारा उद्दार


इटहरी

सोमबार राति ७:४५ बजेतिर सुनसरी दुहवीको सोनापुरका गाउँलेले प्रहरीलाई बिरामी भेटिएको सूचना दिए । प्रहरी हतपत पुग्यो । सडक नजिकै गल्लीमा एक जना बिरामी बालक भेटिए । उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनलाई सोधीखोजी गर्न थाल्यो । उनले आफ्नो घर विराटनगरको हस्पिटल चोक भएको र आफू अशोक परियारको छोरा दिपेन भएको प्रहरीलाई बताएका छन् । १४ वर्षीय किशोर दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो ।

घटनास्थलमा दिपेनलाई भेट्दा केही पनि नभेटिएकाले अन्यत्रै एसिड प्रहार गरि सोनापुरमा ल्याएर अज्ञात समूहले छाडेको प्रहरीले जनायो । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझीले भने, ‘घटना के कारणले भयो भन्ने पुष्टि हुन सकेको छैन ।’

अहिलेसम्म बालकका आफन्त सम्पर्कमा आएका छैनन् । ‘आफन्तको खोजी गरिरहेका छौं, तर फेला पार्न सकेको छैन ’ माझीले भने, ‘आफन्त नभएपछि हस्पिटल प्रशासनलाई आग्रह गरेर प्रहरीकै हेरचाहमा उपचार भइरहेको छ ।’ उनलाई हेरचाह गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षार्थ खटिएका प्रहरी खटिएका छन् ।
नागरिकबाट

पत्रकार माथि तेजाब प्रहार

यता वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुका माथि मंगलबार अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छिन् ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
रासस

Logo