काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’ को विरोधमा आन्दोलनको घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन नेपाललगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आन्दोलनको घोषणा गरेका हुन् ।
आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरिएको स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको उनको भनाई छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गरिएको छ । सोही सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।
संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रकाशित: १ पुष २०७५ १५:५६ आइतबार