अन्य

मनाङको तापक्रम माइनस ६ डिग्रीमा झर्यो : जनजीवन प्रभावित

15 Shares

बेसीशहर

हिमाली जिल्ला मनाङमा चिसो अधिक बढेको छ । रात र बिहानको समयमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । साँझ परेपछि तापक्रम घट्दै गएर बिहान घाम लाग्न थालेपछि मात्रै बढ्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार अत्याधिक चिसोले सानासाना खोला जम्न थालेका छन् । राति जमेको पानी दिउँसो भएपछिमात्रै बग्न थालेको छ । कहिलेकाहीं पानी जमेर लघु जलविद्युत आयोजना समेत बन्द हुने गरेको छ । ‘साँझ परेपछि पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन,’ घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत प्रदिप न्यौपानेले भने, ‘खोलानाला जम्न थालेका छन् । धारामा पानी जमेर खस्न सक्दैन ।’

अत्यधिक चिसो बढेसँगै मनाङका प्रायः बासिन्दा ढोकामा ताल्चा लगाएर जाडो छल्न शहरबजार झरिसकेका छन् । कतिपय कर्मचारी पनि बिदा मिलाएर झरिसकेका छन् । चिसोका कारण कार्यालय सञ्चालनमा समस्या परेको कर्मचारी बताउँछन् । बिहान बेलुका आवत जावत गर्न समेत कठिन भएको उनीहरुको भनार्इ छ ।
अन्नपूर्णबाट

प्रकाशित: २ पुस २०७५ ०६:४९ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी