१४ माघ २०७८ शुक्रबार

ज्ञानेन्द्र पोखरा पुग्दा लाग्यो 'गणतन्त्रलाई फाँसी दे' को नारा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । निजी भ्रमणका क्रममा एक साताको लागि पोखरा पुगेका ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ । स्वागतमा उनका समर्थकहरुले पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्र विरोधी नारा लगाएका छन् ।

राजतन्त्रका समर्थकहरुले ‘गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम’ गर जस्ता नारा लगाएका थिए । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश. प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।

पछिल्लो समय राजतन्त्र ब्युताउने तत्वहरु सक्रिय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो दिवा सपना समेत नदेख्न सबैलाई सचेत गराएका थिए । गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरेका ज्ञानेन्द्र विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुँदैं आएका छन् ।

प्रकाशित: २ पुष २०७५ १४:१० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी