काठमाडौं

सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ । "/>

कार्तिक १ देखि लागू हुने गरि श्रमजीवि पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि

कार्तिक १ देखि लागू हुने गरि श्रमजीवि पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि


काठमाडौं

सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत वृृद्धि गर्ने निर्णय गरेको हो ।

श्रमजीवि पत्रकार र सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस अघि श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा सरकारको यो निर्णयसँगै अब उनीहरुको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय पुगेको छ । प्रवक्ता बास्कोटाले सरकारको सो निर्णय कार्तिकबाट लागू हुने जानकारी दिए ।

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा भण्डारी

यसैविच बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई सो पदमा नियुक्त गरिएको हो । मन्त्रीपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टीकरण पनि मागेको छ ।

यस्तै सरकारले उखु उत्पादक किसान, चिनी उद्योग र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक रणनीति तय गर्न राष्ट्रिय योजना आयोगका कृषि सम्बन्धि सदस्यको संयोजकत्वमा उद्योग, कृषि, अर्थ मन्त्रालयका सहसचिव र उखु किसान संघ, चिनी उद्योग संघ र उपभोक्तासँग सम्बन्धित संस्थाहरु रहेको ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ । चिनी र चिनीको मूल्य सम्बन्धि समस्या समाधान गर्न सरकारले सो कार्यदल गठन गरेको हो ।
नयाँ पत्रिकाबाट

Logo