यौन हिँसाबिरुद्धका अभियन्तालाई नोबेल शान्ति पुरस्कार

यौन हिँसाबिरुद्धका अभियन्तालाई नोबेल शान्ति पुरस्कार


यस बर्षको नोबेल शान्ति पुरस्कार महिला हिँसाबिरुद्धका अभियन्ताहरुले पाएका छन् । नोबल कमिटीले यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गर्ने निर्णय गरेको हो ।

डेनिस गाइनोक्लोजिस्ट हुन् भने नदिया बलात्कारविरोधी अभियन्ता हुन् । डेनिसले कंगोमा आइएस लडाकुबाट बलात्कारमा परेका महिला र बालिकाको उपचारमा लामो समय सेवा गरेका थिए । त्यस्तै नदियाले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध निरन्तर आवाज उठाइन् ।

मुराद सन् २०१४ मा इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै अपहरणमा परेकी थिइन् । उनले सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार, ‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’समेत पाइसकेकी छिन् । यौन हिंसा र युद्धका कारण उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाएका थिए । उनी २५ बर्षकी छिन् ।

नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

Logo