रुकुम (पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ का शिक्षक डेढ महिनादेखि वेपत्ता छन् । "/>

विद्यालयबाटै गायब शिक्षक डेढ महिनादेखि वेपत्ता

विद्यालयबाटै गायब शिक्षक डेढ महिनादेखि वेपत्ता


रुकुम (पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ का शिक्षक डेढ महिनादेखि वेपत्ता छन् । शिक्षक मखन केसी बेपत्ता भएको झन्डै डेढ महिना हुँदा पनि पत्ता लाग्न सकेका छैनन् ।

अहिलेसम्म अत्तोपत्तो नलागेपछि आफन्तहरुले ‘कि सास चाहियो कि लास’ भन्दै आन्दोलन सुरु गरेका छन् । शिक्षका आफन्तहरुले सदरमुकाममा आन्दोलन सुरु गरेका हुन् ।

परिवारजनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । वास्तविकता सार्वजनिक र दोषीमाथि कारवाही नभए सम्म धर्ना, अनसन र दबाबका चरणबद्ध कार्यक्रम गरिने उनीहरुले बताएका छन् । शिक्षक मखन २३ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका छन् ।

गएको साउन ३१ गते विद्यालय परिसरमै स्थानीय केही व्यक्तिद्धारा कुटिएका शिक्षक केसीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र भदौ १४ गतेदेखि बेपत्ता थिए ।

Logo