काठमाडौं । काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेको प्रहरीमा खबर आयो । खबर आउँनासाथ प्रहरी परिचालन गरियो । एकैछिनमा भनियो ‘कुनै महिलाले गोठाटारका ८ वर्षीय बालकलाई ट्याक्सीमा हालेर लगेको देखियो । "/>

एक बालकलाई अपहरणकारीले ट्याक्सीमा हालेर लग्यो भन्ने खबर प्रहरीलाई पुगेपछि…

एक बालकलाई अपहरणकारीले ट्याक्सीमा हालेर लग्यो भन्ने खबर प्रहरीलाई पुगेपछि…


काठमाडौं । काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेको प्रहरीमा खबर आयो । खबर आउँनासाथ प्रहरी परिचालन गरियो । एकैछिनमा भनियो ‘कुनै महिलाले गोठाटारका ८ वर्षीय बालकलाई ट्याक्सीमा हालेर लगेको देखियो ।’

गोठाटारमा रहेको तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएकी थिईन् । अपहरणमा परेका भनिएको स्कुलमा पनि कुनै बालक नहराएको र अहिलेसम्म कसैपनि उजुरी नदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

‘बालकलाई एक महिलाले ट्याक्सीमा हालेर लग्यो भन्ने खबर आयो । हामीले घटनास्थलमा पुग्दा कसैको बच्चा हराएको भनि अहिलेसम्म उजुरी आएको छैन् । अपहरणमा परे नपरेको हामी अनुसन्धान गर्दैछौं’ एसएसपी लामाले भने ।

तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ । बालक को हुन् ? कहाँका हुन् भन्ने ठेगाना भने खुल्न सकेको छैन ।

प्रहरीले अहिले तेज विनायक विद्यालय नजिकैको क्षेत्रमा रहेको सीसी क्यामेराको फुटेज हेरिरहेको एसएसपी लामाले बताए । ‘बालक अपहरणमा परेको भन्ने खबर आएको छ तर अपहरणमा परे नपरेको सीसी क्यामेराको फुटेजले थाहा पाईन्छ ’ उनले भने ।

यसअघि गत साउनमा भक्तपुरमा एक बालकको अपहरणकारीले हत्या गरेका थिए । काँडाघारीका १२ वर्षीय निशान खड्कको अपहरणकारीले अपहरण गरेर हत्या गरेका थिए । पछि प्रहरीले दुवै अपहरणकारीको ईन्काउन्टर गरेको थियो । प्रहरी इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो ।

File Photo

Logo