काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दाबी गरेका छन् । "/>

महिला हिंसाका ९० प्रतिशत दोषीलाई कारबाही भएको छ : गृहमन्त्री

महिला हिंसाका ९० प्रतिशत दोषीलाई कारबाही भएको छ : गृहमन्त्री


काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दाबी गरेका छन् । गृहमन्त्री थापाले बलात्कार, हत्या लगायतका महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको बताए ।

बिहीबार महिला हिंसा न्यूनीकरण सम्बन्धि सरकारको काम कारबाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहो¥याए । गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिलाई नहुने आश्वासन दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्ने माथि कारबाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।

गृहमन्त्री थापाले समिति समक्ष पाँच महिना यता सात सय १० वटा जबरजस्ती करणीको घटनाको उजुरी परेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागूऔषध सेवन लगायतलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दाबी पनि गरे ।

बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई सुझाव दिएका थिए । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजायँ दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
नयाँ पत्रिकाबाट

 

Logo