पोखरा । बिस्कुट किन्न भनि पसल गएकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको छ । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेयाको बलात्कारपछि हत्या गर्ने २७ वर्षका कुसुम पौडेल पक्राउ परेका छन् । "/>

श्रेया विकको बलात्कारपछि हत्या गर्ने आरोपी भन्छन्, ‘बालिका चिच्याएपछि घाँटी थिचेर मारे’

श्रेया विकको बलात्कारपछि हत्या गर्ने आरोपी भन्छन्, ‘बालिका चिच्याएपछि घाँटी थिचेर मारे’


पोखरा । बिस्कुट किन्न भनि पसल गएकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको छ । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेयाको बलात्कारपछि हत्या गर्ने २७ वर्षका कुसुम पौडेल पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै कास्की प्रहरीले मंगलबार राति ११ बजे अपराधी कुसुमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । छिमेकी रहेका कुसुमले सोमबार साँझ घरदेखि ५ मिनेटको दूरीमा पर्ने पसलमा विस्कुट किनेर फर्किने क्रममा कुसुमलले बलात्कारपछि हत्या गरेका थिए । मंगलबार बिहान ८ बजे घर र पसलबीचको कोदीको झाडीमा उनी मृत भेटिएकी थिईन् ।

पौडेलले घटनामा आफू संलग्न भएको स्वीकार गरिसकेका छन् । उनले रक्सी र गाँजाको सुरमा यस्तो काम भएको बयान दिएका छन् । उनले एक पटक बलात्कार गरेर फेरि गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेका थिए ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । घरमा श्रीमती र छोरा रहेका कुसुम बुबा आमासँग छुट्टै बस्दै आएका थिए । पक्राउ परेका कुसुमलाई कानुन अनुसार कार्बाही हुने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

कुकुरको सहायताले पत्ता लागे अपराधी
मंगलबार बिहान बालिकाको शव फेला परेपछि अनुसनधानलाई तीब्र बनाएको थियो । बालिकाको शव रगताम्मे अवस्थामा भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो ।

परिचालित कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले प्रहरीले छिमेकी नै संलग्न भएको निचोडमा पुगेर खोजी तीव्र पारेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

मामाघर नै बसेर स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा पढ्ने श्रेया मंगलबार स्कुलबाट आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गएकी थिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गएपछि पसल हिँडेकी श्रेया घाँस काटेर घर आउँदा नदेखेपछि हजुरआमा, मामा लगायत छिमेकीले खोजी गरेका थिए ।

झाडीमा माथिको कपडा घाँटीसम्म सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अर्धनग्न अवस्थामा भेटिएकी श्रेयाको बलात्कारपछि नै हत्या भएको भन्दै स्थानीयले मंगलबार नै प्रहरीसमक्ष दोषीलाई कारवाही गर्नुपर्ने तथा घटनामा संलग्नलाई ढाकछोप नगर्न अनुरोध गरेका थिए ।

Logo