एजेन्सी । संयुक्त राष्ट्र संघको महासभामा जब अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भाषण गरे त्यसपछि हाँसो उठ्यो । संसारकै राष्ट्र प्रमुख तथा राष्ट्राध्यक्षको उपस्थिति रहेको ७३ औं महासभामा जब ट्रम्पले भाषण गरेका थिए, उनी हाँसोका पात्र बने । "/>

जब राष्ट्र संघको महासभामा ट्रम्पको भाषण सुनेर सबै हाँसे

जब राष्ट्र संघको महासभामा ट्रम्पको भाषण सुनेर सबै हाँसे


एजेन्सी । संयुक्त राष्ट्र संघको महासभामा जब अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भाषण गरे त्यसपछि हाँसो उठ्यो । संसारकै राष्ट्र प्रमुख तथा राष्ट्राध्यक्षको उपस्थिति रहेको ७३ औं महासभामा जब ट्रम्पले भाषण गरेका थिए, उनी हाँसोका पात्र बने ।

ट्रम्पले आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा धेरै काम गरेको बताएका थिए । त्यसपछि यो कुरा सुनेर दर्शकहरु हाँस्न थाले । सबैको हाँसोपछि ट्रम्प पनि हाँसे । उनले भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’

अधिवेशनमा ट्रम्पले इरानले मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको बताएका थिए । ट्रम्पले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।

उनले भने, ‘इरानले छिमेकी देश, सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’

ट्रम्पले फेरि दोहोर्याए ‘अमेरिका अहिलेजति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’ ट्रम्पले विश्व स्वास्थ्य संगठनको तिखो आलोचना गरे । उनले चीनलाई बौद्धिक सम्पदाको चोरीको आरोप लगाए ।

यही कारण अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ सुरु भएको पनि बताए । उनले ‘देशभक्ति’ को तारिफ गरे । ट्रम्पले अवैध प्रवासीका कारण नै आपराधीको नेटवर्क बनेको र यसले स्थानीयका लागि समस्या निम्त्याएको बताए ।

Logo