सोसल मिडिया कम्पनी फेसबुकको सहयोगबाट अब साथी खोज्ने, बनाउने मात्र होइन जीवनसाथी पनि खोज्न सकिने भएको छ । फेसबुकले यहि वर्ष नँया एप ‘डेटिङ एप’ सुरु गर्ने घोषणा गरेको थियो । "/>

के तपाई जीवन साथीको खोजीमा हुनुहुन्छ ? अब फेसबुकले सहयोग गर्नेछ

के तपाई जीवन साथीको खोजीमा हुनुहुन्छ ? अब फेसबुकले सहयोग गर्नेछ


सोसल मिडिया कम्पनी फेसबुकको सहयोगबाट अब साथी खोज्ने, बनाउने मात्र होइन जीवनसाथी पनि खोज्न सकिने भएको छ । फेसबुकले यहि वर्ष नँया एप ‘डेटिङ एप’ सुरु गर्ने घोषणा गरेको थियो ।

भर्खरै कोलम्बियामा ट्रायलको लागि सुरु गरिसकेको छ । यो फिचर अहिले फेसबुकमा जोडिदिएको छ । यसको मद्दतले ‘फेसबुक टिंडर’ जस्ता डेटिङ एपलाई टक्कर दिने कोसिस गरेको छ । र यो एप प्रयोग गर्नको लागि अतिरिक्त पैसा लाग्दैन ।

१८ बर्षभन्दा कम उमेरकाले यो एप प्रयोग गर्न सक्दैनन्
फेसबुकको यस डेटिङ एपको प्रयोग गर्न १८ बर्ष पुग्नु पर्नेछ । यसको साथै यो सर्भिस केबल मोवाईल एपमा मात्र प्रयोग गर्न मिल्छ । डेस्कटप प्रयोगकर्ताको लागि गर्न मिल्दैन । फेसबुकको यो सर्भिस अहिले पुरै फ्रि छ ।

फेसबुक एपको खास कुराः
१. अलग्गै डेटिङ प्रोफाइल हुनुपर्छः
यो एपको प्रयोग गर्नको लागि अलग्गै डेटिङ प्रोफाइल बनाउनुपर्छ । जसमा आफ्नो बारेमा सबै जानकारी दिनुपर्छ । अलग्गै प्रोफाइल भएकाले फेसबुक फ्रेण्ड लिस्टको साथीहरुले यो थाहा पाउदैंनन् कि तपाई डेटिङ एप प्रयोग गर्दै हुनुहुन्छ ।

२. गोपनियतामा विशेष ध्यानः
यस एपमा प्रयोगकर्ताको गोपनियताको पनि ध्यान राखिएको छ । यसमा प्रयोगकर्तासँग अप्सन हुन्छ कि प्रयोगकर्ताले कुन कुरा सेयर गर्न चाहन्छ । जस्तै – हाईट, रिलिजन, जब होल्डर टाइटल आदि ।

३. १ सय किलोमिटरको दूरीमा हुन्छ सेटः
डेटिङ सर्भिसको प्रयोग गर्नको लागि प्रयोगकर्ताले आफ्नो लोकेसन डिटेल दिनुपर्ने हुन्छ । र लोकेसन भेरिफाई गर्नुपर्ने हुन्छ । त्यसपछि १०० किलोमिटरको दूरीसम्म सेट गर्न सकिन्छ ।

४. कसैले झुक्याँउन सक्दैनन्ः
टेक क्रन्चको रिपोर्टको अनुसार यस डेटिङ एपमा प्रयोगकर्ताको रियल उमेर र लोकेसन थाहा पाउन सकिन्छ । ताकी कसैले कसैलाई झुक्याँउन नसकोस् ।

५.आफुलाई मनपर्ने पार्टनर छान्न सकिन्छः
यस एपबाट प्रयोगकर्ताले आफुुलाई कस्तो खालको पार्टनर मनपर्छ भन्ने कुराको अप्सन दिएको हुन्छ त्यही आधरमा फेसबुकले सुझाव दिन्छ ।

६. सिधै सेलेक्ट गर्न मिल्छ अप्सनः
फेसबुकमा जुन तरिकाले फ्रेण्ड सजेसन लिस्ट आउँछ ठिक उस्तै तरिकाले डेटिङ एपमा पनि म्याचको सजेसन आउँछ । टिंडर जस्तो एपमा प्रयोगकर्ताले म्याच स्वाइप गर्नुपर्छ । तर यसमा प्रयोगकर्तासँग अप्सन हुन्छ कि तपाई कसलाई सेलेक्ट गर्न चाहनुहुन्छ ।

७. इन्ट्रेस्टेडको क्लिक गर्नुपर्छः
पार्टनर खोज्नको लागि कसैको डेटिङ प्रोफाइलमा गएर इन्ट्रेस्टेड एकको क्लिक गर्नुपर्छ । त्यसको साथै म्यासेज पनि पठाउनु सक्नुहुनेछ । त्यसपछि उसले पनि तपाईको म्यासेजको रिप्लाई गर्छ र इन्ट्रेस्टेड को क्लिक गर्छ । र दुईजनाबीच च्याटिङ सुरु हुन्छ ।

८. अलग्गै इनबक्सः
डेटिङ एप फेसबुकसँग जोडिएको हुन्छ । तर यसमा अलग्गै इनबक्स हुन्छ । जसको मद्दतले फेसबुकको पर्सनल म्यासेज र डेटिङ म्यासेजको अलग अलग गर्न सकिन्छ ।

९. आफैँले निर्णय गर्न सकिन्छ – कसले देख्न सक्छ प्रोफाइलः
यस एपको प्रयोगकर्ताले आफ्नो डेटिङ प्रोफाइल कसलाई देखाउनु छ ? यो कुराको पनि अप्सन हुन्छ । यदि कोहि प्रयोगकताले उसको डेटिङ प्रोफाइल आफ्नो फेसबुक फ्रेण्डलाई देखाउन नचाहेमा त्यसको पनि अप्सन हुन्छ ।

१०. मन नपरेकोलाई ब्लक पनि गर्न सकिन्छः
यसको अलवा तपाई यस डेटिङ एपबाट कसैलाई ब्लक गर्न चाहनुहुन्छ भने गर्नसक्नुहुनेछ । साथै कुनै साथीको एड र हाइड गर्नसक्नुहुनेछ ।

Logo