काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई कडा चेतावनी दिएका छन् । संगठनको छवि धमिल्याउने कामहरू तत्काल छोड्न प्रहरीलाई निर्देशन दिएका छन् । "/>

आइजीपी खनालको प्रहरीलाई कडा चेतावनी, ‘नचाहिने काम आजैदेखि छाड्नुहोस’

आइजीपी खनालको प्रहरीलाई कडा चेतावनी, ‘नचाहिने काम आजैदेखि छाड्नुहोस’


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई कडा चेतावनी दिएका छन् । संगठनको छवि धमिल्याउने कामहरू तत्काल छोड्न प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतवार प्रहरी प्रधान कार्यालय नक्साल आयोजित दर्ज्यानि चिन्ह प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले कुनै पनि प्रहरी कर्मचारी उसको कामको आधारमा मात्र नेतृत्वको नजिक पुग्ने भएकाले गलत काम बन्द गर्न निर्देशन दिएका हुन् । आइजीजी खनालले भने, ‘नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्।’

खनालले प्रहरी सङ्गठनलाई उत्कृष्ट बनाउने चाहना भएकाले सबै प्रहरीले सङ्गठन प्रति निष्ठा र इमानदारीको साथ काम गर्नसमेत निर्देशन दिए। त्यस्तै नीति विपरीतको कार्यमा संलग्न भएको पाइएमा जो सुकै भए पनि कारबाहीको दायरामा ल्याई छोड्ने दाबी गरे ।

महानिरीक्षक खनालले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह लगाएका छन्। डिआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एआइजीको दर्ज्यानी चिन्ह लगाएका हुन्।

 

Logo