के तपाई आफ्नो खुशी जिन्दगीमा केही समय सेक्सको लागि दिन सकिराख्नु भएको छैन् ? तपाई मात्र एक्लो एउटा व्यक्ति पक्कै पनि होईन् । "/>

यस्ता बानीले तपाईको सेक्सलाईफ बर्वाद भईरहेको छैन ?

यस्ता बानीले तपाईको सेक्सलाईफ बर्वाद भईरहेको छैन ?


के तपाई आफ्नो खुशी जिन्दगीमा केही समय सेक्सको लागि दिन सकिराख्नु भएको छैन् ? तपाई मात्र एक्लो एउटा व्यक्ति पक्कै पनि होईन् । तपाइको नजिकै पनि धेरै यस्ता मानिसहरु हुन्छन् । जो सेक्सलाइफमा खुसि छैनन्, र एक्लो यस्तो लवमेकिङ्ग सेशनका लागि उ सँग समय छैन् ।

वास्तवमा यो सामान्य कुरा भने पक्कै होइन । यो एउटा डरलाग्दो कुरा हो । बदलिँदो लाइफ स्टाइलमा पुरुषलाई यौन इच्छा केही कारणले गर्दा कमी हुँदै आएको पाइन्छ । केहि पटक भने पुरुषहरु ठिकारा टेक्नोलोजी र तौल बढ्ने समस्याले वास्ता नदिएको जस्तो गर्छन् । तर सेक्स लाइफमा आइरहेको कमीको पछाडि यो मात्र कारण पक्कै होइन् । सेक्स जीवनमा कम हुन्छ तर यसको पछाडि धेरै कारणहरु रहेका छन् ।

आउनुहोस् थाहा पाइराखौँ के कारणले पुरुषहरु चाहाँदा चाहाँदै पनि राम्रोसँग सेक्स जीवनमा गर्न पाउँदैनन् त ? यौन उत्तेजनामा कमी तपाइलाई व्यक्तिगत जीवनमा धेरै घातक हुन सक्छ । यहि कारणले गर्दा नै कतिपयहरुको सेक्स जीवन बर्बाद भएको छ ।

१. निन्द्राको कमी
एक अध्ययनका अनुसार पुरुषहरुमा सेक्स र निन्द्राको गहिरो सम्बन्ध हुन्छ । उसको शरीरमा टेस्टोस्टेरोनको कमीको कारण पुरुषहरुको कामेच्छाको बढाउने काम गर्छ । शरिरमा टेस्टोस्टेरोनमा हर्मनको मात्रा कम हुन्छ ।

टेस्टोस्टेरोनको कमीले पुरुषहरुको सेक्स इच्छा घटाउने काम गर्छ । जो पुरुषलाई राती निन्द्र लाग्दैन उसलाई टेस्टोस्टेरोनको समस्याले सताउने गर्छ । एक स्वस्थ्य सेक्सका लागि लाइफमा निन्द्रा लिनु आवश्यक हुन्छ ।

२. औषधीको सेवनः
केहि विशेष प्रकारका औषधीहरुको सेवनले पुरुषमा टेस्टोस्टेरेनको समस्या देखा पर्छ । यदि कसैलाई कुनै ओषधी खाएपछि सेक्सको कमी महशुस हुन्छ भने डाक्टरसँग सिधै सम्पर्क गर्नुपर्ने हुन्छ ।

३. मास्टरबेटको लतः
यस कुरामा कुनै शंका छैन, कि मास्टरबेट एक हेल्दी एक्टिभिटी हो । कहिलेकाही यस्तोमा समस्या आउँछ । आवश्यकभन्दा धेरै मास्टरबेटको लतले सेक्स लाइफमा नराम्रो असर पर्छ । एक पटक तपाईलाई सेक्स मज्जा आयो भने फेरि अर्को साथीसँग सेक्स गर्दा मज्जा नै नआउने समस्या पनि ेदखा पर्छ । त्यसैले धेरै पटक वा आवश्यक भन्दा बढि सेक्स गर्यो भने तपाईको पुरै लाइफ बर्बाद हुन सक्छ ।

४. व्यस्त लाइफस्टाइल:
सेक्सलाइफ खराब हुने वा सेक्सलाइफमा कमी आउनेको पछि एक कारण समय पनि हो । आजकाल मानिसहरु लाइफमा धेरै व्यस्त हुने गर्छन् । मानिससँग आफ्नो र अर्काका लागि निकाल्ने समय हुँदैन । जसको असर उसको पर्सनल लाइफमा देखा पर्छ ।

अफिसमा धेरै बेर बस्न, धेरै काम गर्न, ल्याप्टप, मोवाइलमा समय बिताउन र थकाईका कारणले तपाइको पर्सनल लाइफका साथै सेक्स लाइफमा गम्भीर असर पर्छ । त्यहि कारणले गर्दा आजभोली पुरुष सेक्स लाइफलाई इग्नोर गर्दै गइरहेका छन् । सेक्सलाइफ राम्रोसँग बिताउनको लागि तपाईले समय निकाल्नु पर्छ । एउटा कुरा सबैले याद गर्नुपर्छ हामी जिउनको लागि काम गर्छौ काम गर्नको लागि जिउँदैनौ ।

५. डिप्रेशनको कारणः
डिप्रेशनले कसैको जीवनलाई प्रभावित पार्न सक्छ । डिप्रेशनको कारण पुरुष वा महिलाको योनेच्छामा कमी आउँछ । जसको कारण सफल र सन्तुष्ट यौन सम्बन्ध बनाउन कठिन हुने गर्छ । यो बाहेक कामेच्छामा कमी हुनेगर्छ ।

६. बढ्दो उमेरः
पुरुषहरुमा बढ्दो उमेरका कारण पनि सेक्स लाइफमा समस्या आउने गर्छ । हर्माेनको क्रम सबै समय शरिरमा एउटै किसिमको हुँदैन । किशोर अवस्थामा पुरुषको टोस्टेस्टोरेनको मात्रा बढि हुन्छ । अध्ययनका अनुसार पुरुषमा ६० र ६५ वर्षमा योनेच्छामा कमी आउनु स्वभाविक हो । तर यस प्रकारका समस्याहरुबाट बच्नको लागि हामीले हेल्दी लाईफ बिताउन आवश्य हुनछ ।

Logo