एएफसी सोह्र वर्षमुनि यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पारेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्मारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । "/>

यू–१६ महिला च्याम्पियनसिप उपाधि म्यान्मारलाई

यू–१६ महिला च्याम्पियनसिप उपाधि म्यान्मारलाई


एएफसी सोह्र वर्षमुनि यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पारेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्मारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यान्मार ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्मारले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ । यता ६ अङ्क जोडेको फिलिपिन्सले पनि समूह ‘ई’ मा दोस्रो हँुदै थाइल्याण्डको यात्रा तय ग¥यो ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्ने छन् । त्यस्तै नेपाल र मलेशिया भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागि मात्र भिड्नेछन् । समूह ‘ई’मा आयोजक नेपालसहित मलेशिया, म्यान्मार र फिलिपिन्स सहभागी छन् । रासस

Skip This
Logo