काठमाडौं


रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्ष देखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । "/>

बिदेशी भूमिमा ज्यान गुमाउने कामदारको संख्या डरलाग्दो

बिदेशी भूमिमा ज्यान गुमाउने कामदारको संख्या डरलाग्दो


काठमाडौं

रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्ष देखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको हो ।

 

आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । गत आवमा सबैभन्दा बढी २ सय ८९ नेपाली युवाको मृत्यु मलेसियामा भएको थियो भने दोस्रोमा साउदी अरबमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका थिए । तर विगत ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतारमा ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरबमा २ लाख ५३ हजार गएको देखिन्छ । यसरी हेर्दा धेरै कामदार भएका देशमा मृत्युदर कम देखिएकोे छ ।

 

यसरी नै आर्थिक वर्ष २०७३/ ७४ मा विदेश गएर श्रम स्विकृति अवधिमा ७ सय ५० कामदारले ज्यान गुमाएका थिए । यसरी करार अवधिमै ज्यान गुमाउने ७ सय ५० कामदारका परिवारले बोर्डबाट एक वर्षमा ३ लाख रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति लिएका थिए । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका निर्देशक मोहन अधिकारीले मृतक र अंगभंग भएका नेपाली कामदारले पाउने सहायताको प्रावधान एक वर्ष बढाएका कारण मृत्युदर बढेको बताए ।

यसअघि श्रम स्वीकृतिको अवधि भित्र मृत्यु भएका नेपालीले मात्र आर्थिक सहयोग पाउँदै आएका थिए । उनले भने “केही महिनाअघि वैदेशिक रोजगार ऐन संशोधन गरी श्रम स्वीकृतीको अवधि समाप्त भइ १ वर्ष पूरा नगरेका मृतकका आफन्तले पनि सहायता पाउने प्रावधान राखेपछि मृतकको संख्या बढेको हो ।

यसैगरि गतवर्ष मात्र रोजगारीका क्रममा अंगभंग भएका ३२५ युवाले ६ करोड ६ लाख रुपैयाँ सहयोग लिएको तथ्यांक छ । आव २०७२/७३ मा १४० र २०७३/७४ मा २०० जना अंगभंग भएका युवाले क्रमशः १ करोड ९० लाख ७४ हजार र २ करोड ८८ लाख २५ हजार रुपैयाँ सहयोग लिएका थिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo