सवारी चालक र सरकारबीच ८ बुंदे सहमति

सवारी चालक र सरकारबीच ८ बुंदे सहमति


सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएको छ । सहमतिसंगै अपराध संहिता संशोधनको माग राख्दै आन्दोलनमा रहेका चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

सहमतिसँगै रोकिएका सवारीसाधन संचालनमा आएका छन् । सहमति पत्रमा कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने, ट्राफिक प्रहरीको व्यहार परिबर्तन गर्ने, चालकहरुलाई समय समयमा तालिम दिने, आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गर्ने लगायतका सहमति भएको छ ।

चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव हुन् थालेको थियो भने लामो दुरीमा यात्रा गर्ने यात्रुहरु समस्यामा परेका थिए ।

Logo