भारत


भारतमा एक बालक आफ्ना बाबुको शव नजिकै रहेको तस्बिरले सामाजिक सञ्जाल प्रयोगकर्तालाई तताएको छ । "/>

तस्बिरकै कारण एकै दिन ३० लाख सहयोग संकलन

तस्बिरकै कारण एकै दिन ३० लाख सहयोग संकलन


भारत

भारतमा एक बालक आफ्ना बाबुको शव नजिकै रहेको तस्बिरले सामाजिक सञ्जाल प्रयोगकर्तालाई तताएको छ । सोही तस्बिरका कारण एकै दिनमा पीडितको परिवारलाई ३० लाख भन्दा बढी रकम जुटेको छ ।

सो तस्बिरलाई ट्विटरमा सात हजार पटक सेयर गरिएको छ । हिन्दुस्तान टाइम्सका पत्रकार शिव सन्नीले सोमबार सो तस्बिर ट्विट गरेका थिए । ११ वर्षीय बालक बाबुको शव नजिकै शोकाकुल बनेको तस्बिरले आफ्नो मन छोएको उनले बताएका थिए ।

२७ वर्षीय अनिल राजधानी नयाँदिल्लीमा ढलको काम गर्थे । ढलको काम गर्ने क्रममा डोरी चुडिँदा यसै साता उनको मृत्यु भएको थियो  । ती बालक शवगृहमा राखिएको बाबुको शव नजिक पुगेका थिए । त्यसपछि उनले बाबुलाई ढाकिएको पछ्यौरा निकालेर दुवै हातले बाबुका गाला समाएर बाबा भन्दै सुँक्कसुँक्क गरेका थिए ।

‘म अपराध सम्बन्धी रिपोर्टर हुँ र मैले अहिलेसम्म यस्तो वियोगान्त दृश्य देखेको थिइनँ । बालकले बाबुको शव छोएको दृश्य निकै हृदयविदारक थियो,’ सन्नीले भने । अनिलको दाहसंस्कार हुनु भन्दा केही मिनेट अघि मात्र सो तस्बिर खिचिएको उनले बताए । बालकका बाबु केबल अनिल नामले परिचत थिए ।
नयाँ पत्रिकाबाट

Logo