काठमाडौं

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलग अलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ । "/>

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई नै : निर्मला हत्या प्रकरण

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई नै : निर्मला हत्या प्रकरण


काठमाडौं

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलग अलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो । घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै भए पनि त्यसलाई सहयोग गर्न काठमाडौंबाट अनुसन्धान टोली पठाइएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कञ्चनपुर प्रहरीले माग्ने साधनस्रोत उपलब्ध गराउने गरी अनुसन्धान गर्ने जिम्मा दिइएको बताए । ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन् । हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो । अनुसन्धान र मुद्दा उतैबाट चल्छ’, उनले भने । उनका अनुसार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले अनुसन्धान सुरु गरिसकेका छन् ।

कञ्चनपुर प्रहरीले घटनासँग सम्बन्धित सबै प्रमाण नष्ट गरेको आरोप लागेको छ । आन्दोलन चर्कंदै गएपछि त्यसबेला जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा रहेका सबै प्रहरी अधिकारी निलम्बनमा परेका छन् । एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानकुमार सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ ।

त्यसैगरी कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउन खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीलाई पनि निलम्बन गरिएको छ । बिष्टलाई भने भदौ ९ गते नै निलम्बन गरिएको थियो ।
नागरिकबाट

Logo