काठमाडौँ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहीबार काठमाडौं ल्याइएको छ । "/>

नेकपाका प्रवक्ता प्रकाण्डलाई काठमाडौं ल्याइयो

नेकपाका प्रवक्ता प्रकाण्डलाई काठमाडौं ल्याइयो


काठमाडौँ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहीबार काठमाडौं ल्याइएको छ ।बिहीबार बिहान दाङबाट उनलाई काठमाडौं ल्याइएको हो । शुक्रबार भोजपुरबाट दाङ लगिएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौं ल्याइएको हो ।

विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगिएको थियो । विकका विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेको तर अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला दाङमा काँग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न बम विस्फोट गराउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा विकलाई अभियोग लगाइएको छ ।
राजधानीबाट

Logo