कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप तीन जनामाथि अनुसन्धान शुरु भएको छ । निलम्वित एसपी डिल्लीराज विष्टसहित स्थानीयले आरोप लगाएका अन्य २ जनाको डीएनए परीक्षण प्रक्रिया शुरु भएको हो । "/>

निलम्वित एसपी विष्टसहित ३ जनाको डीएनए परीक्षण शुरु

निलम्वित एसपी विष्टसहित ३ जनाको डीएनए परीक्षण शुरु


कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप तीन जनामाथि अनुसन्धान शुरु भएको छ । निलम्वित एसपी डिल्लीराज विष्टसहित स्थानीयले आरोप लगाएका अन्य २ जनाको डीएनए परीक्षण प्रक्रिया शुरु भएको हो ।

निलम्वित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण सुरु भएको हो । नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती सहितको टोलीले उनीहरुको डीएनए परीक्षण प्रक्रिया शुरु गरेको हो । ‘हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएका छौँ’, प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीलले भने

यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासतमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए परीक्षण गरिएको थियो । तर ती दुवैको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि रिहा गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि गत भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

Logo