एनआरएनको खर्चमा बाबुराम अमेरिकातिर

एनआरएनको खर्चमा बाबुराम अमेरिकातिर


काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन् । प्राज्ञिक भ्रमणका लागि जान लागेका उनको खर्च व्यवस्थापन भने गैरआवासीय नेपाली संघले गर्ने निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध/प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्नेछन् । उनीसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि रहनेछिन् ।

भट्टराई असोज २२ गते नेपालका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

Skip This
Logo