काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजार मल्टिभेन्यु पार्टी प्यालेसमा सिल गरेको छ । "/>

कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल

कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल


काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजार मल्टिभेन्यु पार्टी प्यालेसमा सिल गरेको छ । अनुगमनका क्रममा यो पार्टी प्यालेसमा कुहिएको मासु प्रयोग गरेकोे पाइएपछि विभागले सिल गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध विभागका अधिकृत दीपक पोखरेल र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले शनिबार पार्टी प्यालेसमा अनुगमन गरेको थियो । सोही क्रममा पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो । गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा सिल गरेको छ ।

गुणस्तरहीन खाद्यान्न बिक्री गरेको पत्ता लगाएपछि पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले पुष्टि गरे । उनले भने,‘ छानबिन गरी खाद्य ऐन अनुसार कारबाही गरिनेछ ।’

स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभाका भइरहेको थियो । सोही क्रममा उपभोक्ताले कुहिएको मासुको गन्ध आएको आशंकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिए । त्यसपछि विभागको टोलीले पार्टी प्यालेसमा अनुगमन गरेको विभागका अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । उनले भने, ‘अनुगमनका क्रममा कुहिएको मासुसहित शंकास्पद खाद्यान्न भेटिएपछि हामीले सिल गरेका हौं ।’
अन्नपूर्णबाट

Logo