काठमाडौँ

सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । "/>

गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट

गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट


काठमाडौँ

सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआइएस नामको सफ्टवेयर बिग्रिँदा हिसाबकिताब राखिएका डाटा नष्ट भएको हो ।

०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरण सहितका डाटा नष्ट भएका छन् । कोषले सञ्चालन गर्दै आएका परियोजनाहरूको म्याद सकिन झन्डै ५ महिना बाँकी छँदा सफ्टवेयर बिग्रिएको छ । आगामी डिसेम्बर (पुस) मा कोषका परियोजना सकिनेछन्  । गत ३० साउनमा एक्कासि सफ्टवेयरमा क्षति पुगेको कोषको भनाइ छ ।

अहिलेसम्म डाटा पुनस्र्थापनाको प्रयास असफल हुँदै आएको छ । कोषका प्रमुख कार्यकारी निर्देशक नहकुल केसीले सफ्टवेयरमा क्षति हुँदा कोषमा समस्या आएको बताए । तर विस्तृत विवरण भने बताउन चाहेनन् ।

कोषले सूचना व्यवस्थापन प्रणाली अधिकृत मोहन जिसीलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ । ३ भदौमा पहिलोपटक कोषमा रहेको सूचना व्यवस्थापन प्रणाली अन्तर्गतको एमआइएस सिस्टम के कति कारणले क्षति भएको भन्दै स्पष्टीकरण सोधिएको थियो  । ५ भदौमा जिसीले कार्यकारी निर्देशक केसीलाई जवाफपत्र बुझाएका पनि थिए । तर चित्त बुझ्दो जवाफ नआएपछि बिहीबार दोस्रोपटक स्पष्टीकरण सोधिएको छ । ‘तपार्इंलाई के कति कारणले निलम्बन नगर्नु पर्ने हो’ भन्दै पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ तीन दिन भित्र दिन भनिएको निर्देशक केसीले बताए ।
नयाँ पत्रिकाबाट

Logo