बिमस्टेक शिखर सम्मेलनको तयारी पुरा (भिडियोमा)

बिमस्टेक शिखर सम्मेलनको तयारी पुरा (भिडियोमा)


सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिमस्टेक चौंथो शिखर सम्मेलनको तयारीको काम अन्तिम चरणमा पु¥याइएको जानकारी दिनु भएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि जानकारी दिनु भयो । १४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्नु हुनेछ । १४ गते विहान बिमस्टेक शिखर सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।

सम्मेलनमा आउने मध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्विनी भ्रमण गर्नु हुनेछ । म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लुम्विनीको भ्रमण गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।

शिखर सम्मेलनमा बिमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ । भदौं १४ र १५ गते आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Logo