नेपाल पुननिर्माण प्राधिकरणमा पुनर्बहाली पाएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ वटा एकीकृत बस्ती योजना स्वीकृत गरेका छन् । "/>

पाँच वटा एकीकृत बस्ती स्वीकृत, कहाँ कहाँ ?

पाँच वटा एकीकृत बस्ती स्वीकृत, कहाँ कहाँ ?


नेपाल पुननिर्माण प्राधिकरणमा पुनर्बहाली पाएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ वटा एकीकृत बस्ती योजना स्वीकृत गरेका छन् । प्राधिकरणको मंगलबार बसेको बैठकले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेमा पाँचवटा एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको हो ।

प्राधिकरणले भूकम्पपीडितहरुका लागि बस्ती निर्माण स्वीकृत गरेको हो। बैठकले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । यस अन्तर्गत ४० घरधुरी हुनेछन । त्यस्तै सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई पनि स्वीकृत गरेको छ । यो बस्तीमा ७० घरधुरी रहनेछन् । त्यसै गरि सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ। यसमा १० घरधुरी हुनेछन ।

त्यसै गरि रामेछापको मन्थली नगरपालिका ८ माझीबस्तीमा गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । जसमा २४ घरधुरी रहनेछन् । त्यस्तै काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

 

Logo