काठमाडौं

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन् । "/>

न्यायाधीश जोशीले राजीनामा नदिने : बिदा सकिएपछि अदालत जाने !

न्यायाधीश जोशीले राजीनामा नदिने : बिदा सकिएपछि अदालत जाने !


काठमाडौं

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन् । सोमबार बालुवाटार निवासमा कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए ।

राजीनामा दिने सोचमा हुनुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘वन्स अ जज अल्वेज अ जज, किन दिने राजीनामा ?’ न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन् । सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन् । कानुन अनुसार आफू नै वरिष्ठ भएकाले प्रधानन्यायाधीश हुनुपर्ने उनले जिकिर गरे ।

समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मुद्दाका दैनिक सूची तोक्ने देखिको जिम्मेवारी सम्हालेका छन् । जोशी भने कामु प्रधानन्यायाधीशकै हैसियतमा बालुवाटार सरकारी निवासमा बस्दै आएका छन् । ‘म वरिष्ठ न्यायाधीश हो,’ उनले भने ‘६ दिन बिदा लिएको छु । त्यसपछि कोर्ट जानैपर्छ ।’ आफू भन्दा कनिष्ठ कामु प्रधानन्यायाधीशको मातहतमा काम गर्नु हुन्छ भन्ने प्रश्नमा उनले ‘न्यायाधीश जुनियर हुँदै हुँदैन’ भन्ने जवाफ दिए । कुनै पनि न्यायाधीशले स्वतन्त्र रूपले काम गर्नुपर्ने उनले बताए ।
नागरिकबाट

Logo