सिन्धुपाल्चोक

विनाशकारी भूकम्पको ४० महिनामा सिन्धुपाल्चोकमा ४५ हजार घर पुननिर्माण सम्पन्न भएका छन् । "/>

भूकम्पले सबैभन्दा धेरै क्षति भएको सिन्धुपाल्चोकमा ४५ हजार घर पुनर्निर्माण

भूकम्पले सबैभन्दा धेरै क्षति भएको सिन्धुपाल्चोकमा ४५ हजार घर पुनर्निर्माण


सिन्धुपाल्चोक

विनाशकारी भूकम्पको ४० महिनामा सिन्धुपाल्चोकमा ४५ हजार घर पुननिर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार हालसम्म जिल्लाका ४४ हजार ७ सय ३४ नीजि आवास पुननिर्माण सम्पन्न भएका हुन् ।

पहिलो किस्ता लिएका झण्डै पाँच हजार लाभग्राहीले हालसम्म नीजि आवास निर्माणको काम सुरु गरेका छैनन् । अनुदान सम्झौता भई पहिलो किस्ता लिएका ८२ हजार ४ सय ३३ लाभग्राही मध्ये ४ हजार ८ सय ५० जनाले नीजि आवास निर्माणको काम सुरु नै नगरेका हुन् । जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार ७७ हजार ५ सय ८२ ले धमाधम नीजि आवास निर्माण गरिरहेका छन् । जसमध्ये ४४ हजार ७ सय ३४ ले नीजि आवास निर्माण सम्पन्न नै गरिसकेका छन् ।

हालसम्म जिल्लाका ८२ हजार ४ सय ३३ अनुदान लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा सम्झौता भएका सवैले पहिलो किस्ता लिइसकेका छन् । पहिलो किस्ताको रकम लिएर मापदण्ड पुरा गर्ने ७० हजार ४ सय ५४ लाई दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाईका इन्जिनीयर टंक गौतमले जानकारी दिए । यस्तै हालसम्म ३६ हजार ५ जनाले दोस्रो किस्ताको काम सम्पन्न गरेको र उनीहरुलाई तेस्रो किस्ताका लागि प्रमाणिकरण गरिएको पनि उनले बताए ।

विनाशकारी भूकम्पको ४० महिना बितिरहँदा नीजि आवास पुननिर्माणका लागि अर्वौ रकम जिल्लामा खर्च भएको छ । पुननिर्माणको तथ्याङकलाई आधार मान्दा ४० महिनामा १८ अर्व भन्दा बढि अनुदान रकम ८२ हजार ४ सय ३३ जनालाई ५० हजारका दरले पहिलो किस्ताको कुल ४ अर्व १२ करोड १६ लाख रुपियाँ वितरण भइसकेको देखिन्छ ।
नेपाल समाचारपत्रबाट

Logo