काठमाडौँ

अगस्त १६ तारीक । यो साधारण दिन हो । कुनै विशेष पर्व या विदा समेट्ने दिन होईन । "/>

सामाजिक सञ्जालमा विवादले निम्त्याएको अफ्ठ्यारो !

सामाजिक सञ्जालमा विवादले निम्त्याएको अफ्ठ्यारो !


काठमाडौँ

अगस्त १६ तारीक । यो साधारण दिन हो । कुनै विशेष पर्व या विदा समेट्ने दिन होईन । तरपनि एकजना ब्यक्तीको भोगाईमा भने १६ अगस्त एउटा नमिठो अनुभुती बोकेर ल्याउने विशेष दिन हो । गोर्खाका दिपक लामिछाने । विगत १२ वर्ष देखी दोहामा कार्यरत छन् । नेपाली पाराको मौलिक र परम्परागत अभिब्यक्ती स्वतन्त्रतामा बानी परेका दिपक तत्कालीन माओवादी अध्यक्ष प्रचण्डका खरो समर्थक थिए पार्टी एकीकरण भएर नेकपा भईसक्यो अझै पनि उनी प्रचण्डका ठुला प्रसंसक हुन् ।

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले गर्ने भनिएको अष्ट्रेलिया भ्रमण विभिन्न अमुक कारणहरुले रोकिएको अवस्था थियो । युद्द अपराधको अभियोगमा प्रचण्ड पक्राउ पर्न सक्ने सम्भावनाको कारण भ्रमण रोकिएको भन्ने सम्मका हल्लाहरुले सामाजिक संजाल निकै गर्माएको थियो । प्रचण्ड निकै आलोचित हुदै गईरहेका थिए । बिरोधि र आलोचकहरु समूह नै बनाएर प्रायोजित रुपमा सामाजिक संजालमा मार्फत प्रचण्डमाथि प्रहार गर्दथे । माओवादी समर्थित युवाहरु त्यस्ता प्रायोजित प्रहारलाई प्रतिवाद गरिरहेका हुन्थे । त्यहि समयमा अष्ट्रेलियाबाट कसैले प्रचण्डको बिरुद्दमा खरो स्टाटस अपडेट गर्यो । कतारबाट दिपक लामिछाने प्रतिवादमा उत्रिए ।

त्यो बादविबाद चर्कदै गयो । बिबादमा संलग्न महिलाले अष्ट्रेलियन ह्युमन राईट्स हेर्ने निकायमा उजुरी गरीन् । अष्ट्रेलियन ह्युमन राईट्सले कतार स्थित समकक्षी संस्थासंग समन्वय गर्यो र सोधपुछको लागी भनेर दिपक लामिछानेलाई प्रहरी चौकी बोलायो , अगस्त तिन तारिक २०१६ को दिनमा सामान्य सोधपुछ पछी दीपकका साथिहरुको जमानतमा प्रहरीले उनलाई छोड्यो । पछी पुनः १६ अगस्तमा फोन गरेर बोलायो । त्यहीं उनलाई गीरफ्तार गरीयो र उनी डिपोर्टेसन सेन्टर पठाईए ।

सम्भवतः कतारमा अभिब्यक्ती स्वतन्त्रताको दुरुपयोग गरे बापत गीरफ्तार हुने पहिलो नेपाली दिपक लामीछाने नै हुनुपर्छ । उनको अपराध भनेको फेसबुकमा प्रचण्ड माथि भएको प्रहारको प्रतिरोध गर्नु मात्र थियो । लेखाइमा कुनै अपशब्द प्रयोग गरेको अथवा कुनै हेटस्पिच दिएको बारे दिपक आफैं अनभिज्ञ छन् । उनले सोच बिचार गरेरै कमेन्ट लेखेका थिए । चौतर्फी आलोचना भएपछी प्रचण्डको बिरुद्दमा पोष्ट लेख्ने महिलाले त्यो स्टाटस फेसबुक बाट हटाईन् तर दिपकले भने अहिलेसम्म त्यो पोष्टको फोटो र आफुले गरेका तिन वटा कमेन्टका फोटा सम्हालेर राखेका छन् ।

उनी कुनै देश या सरकार विरुद्द बोलेका थिएनन् । कुनैपनि कुटनैतिक नियोग विरुद्द पनि बोलेका थिएनन । फेरीपनि उनी विरुद्द गिरफ्तारी वारेण्ट निस्क्यो अगस्त तिन तारिक २०१६ देखि सोधपुछमा रहेका दिपक अन्ततः अगस्त १६ तारिकमा गिरफ्तार भए र उनी थुनिनु पर्यो ।

डिपोर्टेशनको हल्ला, कारावास सजायँको चर्चा लगायतका विविध अफवाह पश्चात निकै दिनको जद्दोजहद पछी उनी छुटे र नियमीत काममा फर्कीए । लामिछानेको रिहाइको लागि नेपाली दुतावास र त्यहाँका पदाधिकारीहरुले जुन चासो र तदारुकता देखाए त्यसले दिपकलाई डिपोर्ट हुनबाट रोकेन वाल्की उनलाई ससम्मान कतारमा रहने र आफ्नो नियमित रोजगारीमा फर्कने अधिकार समेत सुनिश्चित गर्यो ।

आज अगस्त सोह्र तारीक उनी पक्राउ परेको ठ्याक्कै दुईवर्ष पुरा भएको छ । दिपकले जसको समर्थन गर्दा जेल जानु परेको थियो ति प्रचण्ड प्रति उनी अझै आशावादी छन् । कुनै समय आउनेछ र प्रचण्डले देश विकाशको बागडोर आफ्नो हातमा लिनेछन अनी देशमा आमुल परिवर्तनको सुरुवात हुनेछ भन्नेमा दिपक अझै विश्वस्त छन ।

दिपकलाई जेलमुक्त गर्न र मुद्दा नचलाउन तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड र उनका स्वकीय सचिव स्व प्रकाश दाहालले राम्रै कुटनैतिक पहल गरेका थिए । अन्य केहि मित्रहरुले पनि सामाजिक संजालमा उनको सम्भावित डिपोर्टेसनको बिरुद्द लेखेका थिए । केहि मित्रहरु भने डर या अन्य कुनै कारणले बोल्न सकेका थिएनन । कतारमा स्थापित सामाजिक संघ संस्था लगायत जो जसले जुन जुन स्थानबाट सहयोग गरे या मौन रहेर मनमनै उनको रिहाईको कामना गरे ति सबै प्रति लामिछानेले आफु सदैव आभारी र अनुग्रहित रहेको कुरा ब्यक्त गरे ।

 

Logo