काठमाडौं

देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ । "/>

देशभर ५० हजार शिक्षक आवश्यक रहेको कार्यदलको सुझाव

देशभर ५० हजार शिक्षक आवश्यक रहेको कार्यदलको सुझाव


काठमाडौं

देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ ।

कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको हो । सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ । कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको जानकारी दिए ।

शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्र्योल गर्न कार्यदल गठन गरेको हो । हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन् । मावि तहमा १ लाख २ हजार, निमाविमा २५ र मावितहमा १९ हजार शिक्षक कार्यरत छन् ।

कार्यदलले शिक्षा विभागको शिक्षकको तथ्याङ्कलाई आधार मानेर थप शिक्षक आवश्यक रहेको निक्र्योल निकालेको हो । कार्यदलले हालसम्म १ देखि ४ गरी चार प्रदेशमा शिक्षकको अवस्थाबारे अध्ययन गरिसकेको छ । बाँकी प्रदेशमा अध्ययन भइरहेको संयोजक शर्माले बताए । उनका अनुसार मनाङ लगायत हिमाली जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या बढी रहेको र शहरी क्षेत्रमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या कम रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo