काठमाडौं

विगत दुई महिना भन्दा वढी समय देखि रोकिएको मलेसियामा वैदेशिक रोजगारी खोल्नु अघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ । "/>

मलेसियासँग श्रम सम्झौता गर्न माग

मलेसियासँग श्रम सम्झौता गर्न माग


काठमाडौं

विगत दुई महिना भन्दा वढी समय देखि रोकिएको मलेसियामा वैदेशिक रोजगारी खोल्नु अघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले राजधानीमा पत्रकार सम्मेलन गरि यस्तो माग गरेको हो । सञ्जालले द्विपक्षीय श्रम सम्झौता गरेर मात्र मलेसियाको वैदेशिक रोजगारी सुचारु गर्न माग गरेको छ । मलेसिया जाने कामदारसँग चर्को शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत ५ जेठ देखि विभिन्न ४ वटा संस्था खारेज गर्दै मलेसिया रोजगारी बन्द गराएको थियो ।

सोही बेला देखि अहिले सम्म नेपाली कामदार जान छाडेपछि यतिखेर मलेसियाको रोजगारदाता समस्यामा परेको उल्लेख गर्दै मलेसिया सरकार कामदारप्रति केही लचिलो बन्ने सम्भावना देखिएको सञ्जालको भनाई छ । ‘कामदार रोकिएपछि यतिखेर नेपाली कामदारको माग बढेको छ,’ सञ्जालमा आवद्ध निलाम्बर बडालले भने, ‘नेपाली कामदारको माग बढिरहेकाले यतिखेर मलेसियासँग श्रम सम्झौता गर्ने सही मौका हो । यो मौका सरकारले गुमाउनु हुँदैन ।’

सञ्जालमै आवद्ध मञ्जु गुरुङले श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय श्रम संगठन, न्युयोर्क घोषणापत्र लगायतका मूलभूत सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताइन् । सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले मलेसिया र नेपालबीच श्रम सम्झौता गरिएपछि कामदार जिटुजी या अन्य जुनसुकै मोडलमा पठाउन सकिने बताए ।

हालसम्मको तथ्यांक अनुसार मलेसिया नेपालको सबभन्दा ठूलो श्रमगन्तव्य रहे पनि श्रम सम्झौता हुन सकेको छैन । श्रम सम्झौता हुन नसक्दा कामदार शोषणमा पर्दै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख नेपाली कामदार मलेसिया गएका छन् ।
राजधानीबाट

Skip This
Logo